सभामुखप्रति महेश बस्नेतको आक्रोश– गुरिल्ला शैली त्याग्नुस्, १४ सांसदलाई छिटो कारवाही गर्नुस् – Nepal Press

सभामुखप्रति महेश बस्नेतको आक्रोश– गुरिल्ला शैली त्याग्नुस्, १४ सांसदलाई छिटो कारवाही गर्नुस्

भक्तपुर । नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेतले नेपाली संसदको उपहास गर्दै सभामुख अग्नि सापकोटाले विगतको गुरिल्ला शैली नत्यागेको टिप्पणी गरेका छन् । एमालेले सिफारिस गरेका १४ सांसदलाई कारवाही नगरेकोप्रति आक्रोश व्यक्त गर्दै नेता बस्नेतले यस्तो आरोप लगाएका हुन् ।

भक्तपुरमा आज आयोजित एक कार्यक्रममा उनले देशी विदेशी केही शक्तिको आडमा नेपाली राजनीतिलाई अस्थिरतातिर धकेलेको आरोपसमेत लगाए ।

उनले वर्तमान सरकारलाई सुरुवातमै ‘कुपोषण लागेको’ आरोप लगाए । वर्तमान सरकार संविधानअनुसार नचलेको भन्दै उनले दल विभाजन गराउने अध्यादेश ल्याएकोप्रति पनि आक्रोश व्यक्त गरे ।

कार्यक्रममा उनले भने– नेपाली राजनितिमा च्याँखे दाउ थाप्न माहिर प्रचण्डले काँग्रेससँग सहकार्य गरी आफ्नो छोरीलाई मेयर बनाए । अहिले गठबन्धनको नाममा फेरि दाउ थापेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर