पोकोले सार्वजनिक गर्‍यो एफ-३ जीटी – Nepal Press

पोकोले सार्वजनिक गर्‍यो एफ-३ जीटी

काठमाडौं । स्मार्टफोन ब्राण्ड पोकोले मंगलबार बहुप्रतिक्षित स्मार्टफोन पोको एफ जीटी लञ्च गरेको छ । एफ सिरिजलाई नयाँ उचाईमा पु¥याउने लक्ष्यसहित पोको एफ ३ जीटीले पावरफुल पफर्मेन्ससँगै गेमप्ले र उत्कृष्ट क्यामेरा लगायत सुविधामा विशेष ध्यान दिएको कम्पनीका दाबी छ ।

फ्यागसिप मिडियाटेक चिपसेट, फिजिकल पप–अप म्यागलेभ ट्रिगर, टर्बो एमोलेडको १२० हट्र्जको रिफ्रेस रेट र ४८०हट्र्जको टच स्याम्प्लिङसँग इन्टिग्रेटेड रहेको पोको एफ ३ जीटीले प्रिमियम अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । यो एक प्रिमियम स्मार्टफोन हो ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘सन् २०१८ मा पोको एफसिरिज भित्रिएपछि यसले नेपाली बजारमा विशेष प्रभाव पु¥याएको थियो । नयाँ पोको एफ ३ जीटीकोमार्फत् हामी एक पटक फेरि त्यस्तै प्रभावको अपेक्षा गरेका छौं ।’

नेपाली बजारमा ८ जीर्बी याम र २ सय ५६ जीबी स्टोरेज भेरियन्टको नेपाली ५६ हजार ९ सय ९९ रूपैयाँ पर्ने कम्पनीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर