युएस ओपनको पहिलो चरणबाटै बाहिरिए एण्डी मुर्रे – Nepal Press

युएस ओपनको पहिलो चरणबाटै बाहिरिए एण्डी मुर्रे

एजेन्सी । बेलायती खेलाडी एण्डी मुर्रे युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । वर्षको चौथो ग्राण्डस्लामको पहिलो खेलमै मुर्रेले ग्रिसका स्टेफानोस सितसिपाससँग ३-२ को सेटमा पराजय ब्यहोरेका हुन् ।

आज विहान भएको खेलमा पहिलो सेट ६-२ ले जितेर अग्रता बनाए पनि मुर्रेले त्यसलाई निरन्तरता दिन सकेनन् । दोस्रो सेट टाइब्रेकरमा सितसिपासले ६-७ (७-९)ले जिते । तेस्रो सेट मुर्रेले ६-३ ले आफ्नो पक्षमा पारे ।

४ घण्टा ४८ मिनेटसम्म चलेको खेलमा त्यसपछिका दुई सेट मुर्रे उनी कमजोर देखिए । पहिलो ग्राण्डस्लाम उपाधि जित्ने लक्ष्यमा रहेका सितसिपासले ३-६ र ४-६ ले सेट जितेर खेल आफ्नो पक्षमा पारे ।

तेस्रो वरियताका २३ वर्षीय सितसिपासले अहिलेसम्म ग्राण्डस्लाम जित्न सकेका छैनन् । यही वर्ष उनी अष्ट्रेलियन ओपनको सेमिफाइनल र फ्रेन्च ओपनको फाइनलसम्म पुगेका थिए । उनी अघिल्लो वर्ष युएस ओपनको तेस्रो चरणमा पराजित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *