झलनाथले भने- कम्युनिष्ट सरकार ढल्यो भनेर गोहीको आँशु बगाउनु आवश्यक छैन – Nepal Press

झलनाथले भने- कम्युनिष्ट सरकार ढल्यो भनेर गोहीको आँशु बगाउनु आवश्यक छैन

काठमाडौं । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले कम्युनिष्ट सरकार ढल्यो भनेर गोहीको आँशु बगाउनु आवश्यक नरहेको बताएका छन् ।

भारतमा उपचारपछि स्वदेश फर्किने क्रममा उनले पत्रकारसँग बोल्दै ओली नेतृत्वको सरकार बदनाम भएर आफैं ढलेको टिप्पणी गरे ।

खनालले भने, ‘म यहाँबाट जाँदा भारी मनले गएको थिएँ । त्यसबेला एकता आह्वान गरेको थिएँ । यो बीचमा कम्युनिष्ट पार्टीको सरकार ढल्यो । तर, यसमा कुनै गोहीको आँशु बगाउनुपर्ने आवश्इकता छैन । वामपन्थी र लोकतान्त्रिक शक्तिको गठवन्धन सरकार बनेको छ । यसलाई राम्रोसँग चलाउनुपर्छ ।’

खनालले नेकपा एमाले पार्टीका नशा-नशा र अंगअंगमा आफूहरूको पसिना र मेहनत रहेको बताए । अहिले अहंकारी गुटले नेतृत्व कब्जा गरेको र पार्टीमा चिरा परेको उनको भनाइ छ ।


प्रतिक्रिया

One thought on “झलनाथले भने- कम्युनिष्ट सरकार ढल्यो भनेर गोहीको आँशु बगाउनु आवश्यक छैन

  1. ३० लाख उपचार खर्च फर्छ्यौट गराउने भाषा । अब आँफै ढल्दा पनि कोइ नरोला सर्पनाथ जी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर