भारतमा उपचारपछि स्वदेश फर्किए झलनाथ खनाल (तस्बिरहरू) – Nepal Press

भारतमा उपचारपछि स्वदेश फर्किए झलनाथ खनाल (तस्बिरहरू)

काठमाडौं । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल भारतमा लामो उपचारपछि आज स्वदेश फर्किएका छन् । खनाललाई सो पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

नेता खनालले भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका थिए । त्यहाँ उपचाररत छँदा नेपालमा एमाले विभाजित बनेपछि उनले एकीकृत समाजवादीका पक्षमा आफूलाई उभ्याएका छन् । उनले भारतबाटै नयाँ पार्टी दर्ता प्रक्रियाको लागि सनाखत गर्न आफ्नो वारेसनामा निर्वाचन आयोगमा पठाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर