बालुवाटारमा ५ दलको बैठक, सत्ता गठबन्धनको स्थायी स्वरूप बनाइने – Nepal Press

बालुवाटारमा ५ दलको बैठक, सत्ता गठबन्धनको स्थायी स्वरूप बनाइने

काठमाडौं । सत्तारुढ गठबन्धनमा आबद्ध पाँच राजनीतिक दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । आजको बैठक मन्त्रिपरिषदलाई पूर्णता दिने विषय भन्दा पनि सरकारले गर्नुपर्ने कामका विषयमा केन्द्रित रहेको बताइएको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता बैठकमा सहभागी छन् ।

बैठकमा गठबन्धनको स्थायी स्वरूप निर्माण तथा सरकारलाई पूर्णता दिने विषयमा पनि छलफल हुने बताइएको छ । त्यस्तै अध्यादेशबाट एमाले सरकारले ल्याएको बजेट प्रतिस्थापन गर्ने प्रक्रियामाथि गठबन्धनमा छलफल भइरहेको छ ।

यसका साथै संवैधानिक परिषद्ले यसअघि गरेका नियुक्ति, सरकारका प्राथमिकता, सत्यनिरुण तनथा बेपत्ता आयोगको कार्यका बारेमा पनि गठबन्धनमा छलफल हुँदैछ ।

जसपाले रेशम चौधरीको रिहाइको विषयलाई पनि उठाएको छ भने दार्चुला घटनाको बारेमा सरकारको पोजिशन प्रष्ट पार्नुपर्ने माग गठबन्धनभित्रबाट उठिरहेको छ ।

बैठकमा प्रधानमन्त्री देउवासहित कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का सहभागी छन् भने माओवदीबाट अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता बेदुराम भुसाल र जसपा अध्यक्ष उपेन्द्र यादव तथा डा. बाबुराम भट्टराई पनि बैठकमा सहभागी छन् । बैठकमा राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेललगायत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर