मंगलबारबाट श्रीलंका सीधा उडान हुने – Nepal Press

मंगलबारबाट श्रीलंका सीधा उडान हुने

काठमाडौं । नेपाल र श्रीलंकाबीच सीधा हवाई उडान शुरू हुने भएको छ । नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीट गर्दै मंगलबारदेखि काठमाडौं-कोलम्बो उडान शुरू हुने जानकारी दिएका छन् ।

हप्तामा दुईपटक काठमाडौंबाट कोलोम्बो उडान भर्ने गरी श्रीलंकाको राष्ट्रिय एयरले प्राधिकरणबाट अनुमति लिएको छ । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार सो जहाजले आगामी सेप्टेम्बरसम्मका लागि अनुमति लिएको हो । कोरोना महामारीअघिसम्म श्रीलंकाबाट नेपाल घुम्न आउने पर्यटकको संख्या उच्च रहँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर