बाढीप्रभावित १५ जिल्लाका परिवारलाई भारतद्वारा आठ करोडको राहत सामाग्री प्रदान – Nepal Press

बाढीप्रभावित १५ जिल्लाका परिवारलाई भारतद्वारा आठ करोडको राहत सामाग्री प्रदान

काठमाडौं । भारत सरकारको मिशन उप–प्रमुख नामग्या खम्पाले आठ करोड बराबरको राहत सामाग्री नेपाललाई हस्तान्तरण गरेकी छिन् । आयोजित एक कार्यक्रममा नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रीय संगठन सचिव नारायण ढकाललाई ती सामाग्री हस्तान्तरण गरिएको हो ।

नेपालका १५ जिल्लामा बाढी तथा पहिरोबाट प्रभावित भएका परिवारलाई टेन्ट, प्लास्टिक सिट, स्लीपिङ्ग म्याट र औषधिहरु वितरण गर्न लागिएको हो ।

सो राहत सामाग्री चार प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, रुपन्देही, गोरखा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा र धादिङ जिल्लामा वितरण गरिनेछ।

भारत सरकारले नेपाललाई विपद् व्यवस्थापनका लागि मानवीय सहायता तथा राहत सहयोग नियमित रुपमा उपलब्ध गराउँदै आएको छ। 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *