भगवती स्टील उद्योग आधिकारिक ट्रेड युनियन निर्वाचनमा एमाले निकट जिफन्टको प्यानल विजयी – Nepal Press

भगवती स्टील उद्योग आधिकारिक ट्रेड युनियन निर्वाचनमा एमाले निकट जिफन्टको प्यानल विजयी

काठमाडौं । वारास्थित भगवती स्टील उद्योगको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा एमाले समर्थित नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को प्यानल निर्वाचित भएको छ ।

शुक्रबार भएको आधिकारिक युनियनको निर्वाचनमा जिफन्ट आबद्ध समगं उद्योग ट्रेड युनियन नेपालको प्यानल निर्वाचित भएको हो । निर्वाचनमा एमाले समर्थित मजदूर संगठनले कुल खसेको २८२ मध्ये १५१ मत प्राप्त गरेको छ ।

उक्त निर्वाचनमा जिफन्ट आवद्ध समग्र उद्योग ट्रेड युनियन नेपाल (व्हिन) र माओवादी निकट अन्टुफ आवद्ध अखिल नेपाल (क्रा) औद्योगिक मजदुर संघबीच प्रतिस्पर्धा भएको थियो  ।

निर्वाचनबाट रामधारी चौधरीको अध्यक्षतामा ९ सदस्यीय आधिकारिक ट्रेड युनियनको कार्य समिति चयन भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *