कालिकोटका १८ वडाध्यक्षले भने– हामी एमालेमै छौं, कतै गएका छैनौं – Nepal Press

कालिकोटका १८ वडाध्यक्षले भने– हामी एमालेमै छौं, कतै गएका छैनौं

सुर्खेत । कालिकोटका १८ जना वडाध्यक्षले आफूहरु नेकपा एमालेमै रहेको प्रष्टीकरण दिएका छन् । एमाले फुटेर बनेको एकीकृत समाजवादीमा लागेको भनिएका वडाध्यक्षहरुले लिखित रुपमै आफूहरु एमालेमै रहेको बताएका हुन् ।

कालिकोटमा एमालेबाट २७ जना वडाध्यक्ष छन् । एकीकृत समाजवादीले २७ मध्ये १३ वडाध्यक्ष आफ्नो पक्षमा रहेको दावी गरेको थियो ।

आफूहरु एमालेमै रहेको प्रष्टीकरण दिनेहरुमा खाँडाचक्र नपा ११ का पुष्पराज गिरी, ५ का खडानन्द चौलागाई, ७ का रजबहादुर मल्ल, ९ का गोविन्द मल्ल, महावु गाउँपालिका ४ का वडाअध्यक्ष विभिषण शाही रहेका छन् ।

त्यस्तै, शुभकालिका गाउँपालिका ३ का धनराज शाही, ४ का रामबहादुर शाही, नरहरीनाथ गाउँपालिका ९ का जोरा शाही, टक्क विष्ट, १ का पृथ्वी विष्ट, सान्नीत्रिवेणी गाउँपालिकाका रोशन सार्की, पलाता गाउँपालिका ५ का वीरबहादुर बम, रास्कोट नगपालिका २ का दयाराम सिम्खडा, पाँचका नरजंग शाही र ८ का कृष्ण धमालाले आफूहरु एमालेमै रहेको बताएका छन् ।

यस्तै, खाँडाचक्र नगरपालिका ६ का जगदीश शाही, शुभकालिका ४ का रामबहादुर शाही, तिलागुफा नगरपालिका ६ का धर्मराज शाहीलगायत १८ जनाले आफूहरु एमालेमै रहेको बताएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर