राउतको इजलास ‘कम्फरटेबल’ नभएपछि विपक्षी वकिलको निवेदनमा आलमको सुनुवाइ स्थगित – Nepal Press

राउतको इजलास ‘कम्फरटेबल’ नभएपछि विपक्षी वकिलको निवेदनमा आलमको सुनुवाइ स्थगित

काठमाडौं । कांग्रेस नेता मोहम्मद अफताब आलमले थुनामुक्त हुन पाउँ भनेर दिएको निवेदनउपरको सुनुवाइ विपक्षी वकिलका कारण स्थगित भएको छ ।

योसहित आलमको मुद्दामाथिको सुनुवाइ ९ पटक स्थगित भइसकेको छ । ‘कम्फरटेबल इजलास’ खोज्दा कहिले पक्ष तथा कहिले विपक्षका वकिलका कारण यो मुद्दा स्थगित हुँदै आएको छ ।

न्यायाधीश प्रकाशमानसिंह राउत र प्रकाश ढुंगानाको इजलासमा आजको सुनुवाइ पहिलो नम्बरमै थियो । तर, विपक्षी कानून व्यवसायीको निवेदनपछि स्थगित भएको सर्वोच्च स्रोतले जनाएको छ ।

राउत न्यायाधीश हुनुअघि नेपाली कांग्रेसको अघिल्लो महाधिवेशनको निर्वाचन समिति सदस्य रहेका कारण विपक्षी वकिलले सो इजलास कम्फरटेबल नसोचेपछि स्थगित भएको बताइएको छ ।

यसअघि पनि राउत र कुमार रेग्मीको इललासमा परेको थियो । तर, रेग्मीले हेर्न नमिल्ने भनेपछि स्थगित भएको थियो । २०७७ मंसिरदेखि लगातार ९ पटक स्थगित भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर