प्रधानन्यायाधीश राणालाई संवैधानिक इजलास छाड्न रिट निवेदकको दबाब – Nepal Press

प्रधानन्यायाधीश राणालाई संवैधानिक इजलास छाड्न रिट निवेदकको दबाब

काठमाडौं । संवैधानिक परिषदले गरेका नियुक्तिहरु बदर गर्न माग गर्दै परेका रिटमाथिको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा प्रधान न्यायाधीश बस्न नहुने माग भएको छ ।

प्रधानन्यायाधीशको अध्यक्षतामा गठित इजलासमा सुनुवाइ शुरू भए लगत्तै रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्यालले संवैधानिक परिषद बैठकमा प्रधानन्यायाधीशको मनसायपूर्वक उपस्थिति रहेको र अध्यादेश आउन पनि राणा जिम्मेवार भएको जिकिर गरेका छन् ।

उनले संवैधानिक परिषदका नियुक्तिमा प्रधानन्यायाधीशले पनि भागबण्डा लिएका र उनका मान्छेले नियुक्ति पाएको कारण इजलास छाड्नुपर्ने र बिदा बस्दा हुने सुझाव दिएका छन् । संविधान अनुसार संवैधानिक इजलासको अध्यक्ष प्रधान न्यायाधीश हुनुपर्छ ।

इजलासमा अर्यालले भने, ‘संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आउनमा श्रीमान्‌को पनि भूमिका देखियो । संवैधानिक इजलास विज्ञ रामकृष्ण तिमल्सिनालगायतका व्यक्तिहरू पनि जोडिए र नियुक्ति भयो । यसमा उहाँका नातागोता पनि परेका छन् । न्यायिक प्रतिष्ठानमा कार्यकाल नसकिँदै अर्को नियुक्ति भएको छ । जब प्रधानन्यायाधीश भागबण्डामा सामेल हनुुभयो त्यसैले उहाँले यो मुद्दा हेर्न मिल्दैन ।’

प्रतिक्रिया

One thought on “प्रधानन्यायाधीश राणालाई संवैधानिक इजलास छाड्न रिट निवेदकको दबाब

  1. देशभक्त क्रान्तिकारी नेपाली मोर्चा- यी चोलेन्द्र श्रीमान पहिले काठमाडौँ महानगर पालिकामा कानुनी ल्लाहकार हुँदा सेवाग्राहीबाट नजराना मुख्य इञ्जिनिएरलाइ मात्र जाँदा खेरि ओवर्सिर जस्ता जुनिएर स्ताफ्फ़संग मिलेर डाहाले भुत्भुताई राख्ने व्यक्ति थिय! पछी दाउपेञ्च लगायर अदालतमा न्यायाधिश बनेर छिरे पछि स्वार्थले अन्धो भयर पैसा टन्न कमाउने एउतै ध्ययले विशेष अदालतमा भ्रस्ट नेताहरुसंग प्रशस्त नजराना लियर भटाभट सफाई दियर छुटाउने बदनाम अन्यायाधिश हुन्!

    अनैतिक कमाइ कौडी जुवाको खालमा लगाउने र जुवाका पार्टनर र आफ्नै पत्नीको नियत पुर्बकनै हत्यागर्ने डिआइजी रंजन कोइरालालाइ १२ वर्षा कैद माफी गर्ने असंगत विकृत न्याय गर्ने प्रन्या चोलेन्द्रको नै सेत्तिंग र मिलेमतो भयकोले नाटक गरेका हुन्!

    यसबारेमा अहिले सम्म प्रन्याको काम सबै सन्देहास्पद नै देखिन्दैछा! चोलेन्द्र श्रीमान खाली समय नस्ट गरेर ओलीलाइ अझै षड्यन्त्र गर्ने समय प्रदान गरिरर्हेका छन! यो श्रीमान चोलेन्द्रले किन आफ्नो खुट्टामा आफै बन्चरो हान्न खोज्दैछन?

    देखाउनको लागि मात्रै होइन जनतालाइ साँच्चैको न्याय दियको भन्ने अनुभूत गराउनु पर्यो नि!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर