सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो, विभिन्न तहमा १ हजार ९५ जना माग (सूचनासहित) – Nepal Press

सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो, विभिन्न तहमा १ हजार ९५ जना माग (सूचनासहित)

काठमाडौं । सशस्त्र प्रहरी बलमा नयाँ भर्ना खुला भएको छ । शसस्त्र प्रहरी बलको मानवश्रोत विभाग, मानवश्रोत निर्देशनालय अन्तरगतको भर्ना तथा छनौट शाखाले विभिन्न पदमा १ हजार ९५ जनाका लागि नयाँ भर्ना खुला गरेको हो ।

भर्ना तथा छनौट शाखाले जारी गरेको सूचना अनुसार सशस्त्र प्रहरी निरीक्षक (इन्पेक्टर)देखि परिचरसम्म विभिन्न संख्या माग गरिएको छ । शुक्रबार प्रकाशित सूचनाअनुसार सश्सत्र प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा ७५ जना, सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा १ सय ३७ जना, सशस्त्र प्रहरी जवान पदमा ७ सय ५५ जना माग गरिएको छ । यसैगरी भान्छे, केश कर्तक, कूचिकार, सूचिकार, चर्मकर्मी र माली पदका लागि १ सय २८ जना माग गरिएको छ ।

सबै पदमा खुला, अमर अशक्त सशस्त्र प्रहरी कर्मचारी सन्तति, समावेशी महिला, आदिवासी तथा जनजाती, मधेशी, दलित र पिछडिएको क्षेत्र पनि छुट्याईएको छ । भर्ना हुन चाहानेका लागि सशस्त्र प्रहरी बल, प्रधान कार्यालय स्वयम्भुदेखि ७ वटै प्रदेशमा दरखास्त फाराम बुझाउने व्यवस्था गरिएको छ । आवेदन शुल्क सबैभन्दा माथिल्लो तह इन्सपेक्टरका लागि १ हजारदेखि सबैभन्दा कम परिचरका लागि १ सय रुपैयाँसम्म तोकिएको छ ।

इन्स्पेक्टरलाई २१ वर्ष पूरा भई २५ वर्ष ननाघेको स्नातक तह उत्तीर्ण गरेको उम्मेदवार हुनुपर्ने जनाइएको छ भने असईका लागि १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको प्लस २ पास गरेको व्यक्ति हुनुपर्ने जनाइएको छ । त्यस्तै जवानका लागि १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको ८ कक्षा पढेको व्यक्तिले आवेदन दिन पाउने सूचनामा उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर