नारायणगढ–मुग्लिन सडक सुचारु, पहिरोको जोखिम कायमै – Nepal Press

नारायणगढ–मुग्लिन सडक सुचारु, पहिरोको जोखिम कायमै

चितवन । नारायणगढ–मुग्लिन सडकको सेती दोभानमा खसेको पहिरो हटाएपछि सवारीसाधन सञ्चालनमा आएका छन् । नारायणगढबाट २० किलोमिटर दूरीमा पर्ने सेतीदोभानमा खसेको पहिरो १३ घण्टापछि हटाइएको हो ।

चार घण्टा डोजर लगाएर पहिरो हटाइएको हो । चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले दुईतर्फी नै सवारी सञ्चालनमा आए पनि पहिरो खस्ने जोखिम कायमै रहेको बताए ।

‘पानी परिरहेकाले लेदोसहितको पहिरो खस्ने जोखिम कायमै छ’, उनले भने, ‘वैकल्पिक सडक प्रयोग गर्न आग्रह गर्छौैँ ।’

उता, माडी–ठोरी हुलाकी सडकखण्डअन्तर्गतको मगुई खोलामा निर्माणाधीन पुलमा क्षति पुगेको छ । पुल ढलानका ल्याइएको सामग्री बाढीले बगाएको छ ।

२०७४ असारमा सम्झौता भएको यो पुल २ वर्षमा पूरा हुन नसकेपछि साउन २५ गतेसम्म म्याद थपिएको थियो । ६ करोड ५१ लाख लागतमा बन्न लागेको यो पुलको भौतिक प्रगति ७० प्रतिशत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *