काबुल विस्फोटमा १३ अमेरिकी सैनिकसहित ६० जनाको मृत्यु – Nepal Press

काबुल विस्फोटमा १३ अमेरिकी सैनिकसहित ६० जनाको मृत्यु

काठमाडौं । गएराति काबुल विमानस्थल बाहिर भएका ६ वटा बम विस्फोटका घटनामा १३ अमेरिकी सैनिकसहित ६० सर्वसाधारणको मृत्यु भएको छ । २ सयभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले उल्लेख गरेका छन् ।

आत्मघाती बम आक्रमण अन्तर्रास्ट्रिय आतंकबादी संगठन आईएसआईएसले गरेको हुन सक्ने अनुमान अमेरिकाले गरेको छ । रास्ट्रपति जो बाइडेनले आक्रमणकारीलाई कारबाही गरिने बताएका छन् । यो आक्रमणले अगष्ट ३१ भित्रै काबुल छाड्ने अमेरिकी योजनामा कुनै बदलाब नआउने उनले प्रष्ट पारे ।

तलिबानले पनि घटनाको निन्दा गर्दै नागरिकको जीउधनको सुरक्षा गर्ने जनाएको छ । विमानस्थलबाहिर आतंककारी आक्रमण हुन सक्ने अमेरिकी चेतावनीको केही घन्टामै यो विष्फोट भएको हो ।

अहिले काबुल विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा छ । हजारौं बिदेशी काबुल छाड्ने तयारीका लागि विमानस्थलमा जम्मा भएका छन । हिजोको घटनाले उद्दार कार्य प्रभावित हुने होकि भन्ने चिन्ता थपिएको छ ।

४२ जना नेपाली सुरक्षित– सरकार

उद्दारको पर्खाइमा रहेका ४२ जना नेपाली सुरक्षित रहेको काबुल मामिला हेर्ने नेपालको दिल्ली नियोगले जनाएको छ । राजदूत निलाम्बर आचार्यले नेपाली सुरक्षित रहेको बताएका छन् ।

उनले आतंकबादी आक्रमणको खबर आइरहेकोले उनीहरुलाई काबुल विमानस्थलबाट टाढा जान अपील गरेका छन । परराष्ट्र मन्त्रालयले सबै नेपालीलाई उद्दारको प्रयास भइरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर