कानून आयोगको अध्यक्षमा सुवेदी र योजना आयोगको सदस्यमा वाग्ले र प्रधान नियुक्त – Nepal Press

कानून आयोगको अध्यक्षमा सुवेदी र योजना आयोगको सदस्यमा वाग्ले र प्रधान नियुक्त

काठमाडौं । सरकारले नेपाल कानुन आयोगको अध्यक्षमा पूर्व मुख्य न्यायाधीश जागेश्वरसिंह सुवेदीलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यस्तै शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा पनि दुई जनालाई नियुक्त गरेको छ । आयोगको रिक्त सदस्यमा पुष्परमण वाग्ले र सोलनी प्रधान सिंहलाई नियुक्त गरिएको मन्त्री कार्कीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर