लन्डनबाट आज एक लाख ३१ हजार डोज अस्ट्राजेनेका खोप नेपाल आइपुग्दै – Nepal Press

लन्डनबाट आज एक लाख ३१ हजार डोज अस्ट्राजेनेका खोप नेपाल आइपुग्दै

काठमाडौं । बेलायतले नेपाललाई उपलब्ध गराउने घोषणा गरेको अस्ट्राजेनेका खोप आज नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार लन्डनबाट एकलाख ३१ हजार २०० डोज अस्ट्राजेनेका खोप काठमाडौं आइपुग्न लागेको हो । आज साढे ४ बजे काठमाडौं विमानस्थलमा आइपुग्ने जनाइएको छ ।

विभाग अन्तर्गतको व्वस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार आजै साँझ खोप नेपाल आइपुग्ने भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर