भीम आचार्यको सपथग्रहणअघि भाइ मृत भेटिए – Nepal Press

भीम आचार्यको सपथग्रहणअघि भाइ मृत भेटिए

विराटनगर । प्रदेश १ को मुख्यमन्त्री नियुक्त हुने तयारीमा रहेका एमाले संसदीय दलका नेता भीम आचार्यका भाइ राम आचार्य मृत भेटिएका छन् ।

आचार्यको शव घरमै भेटिएको स्थानीयले जानकारी दिए ।

सुनसरीको इनरुवा नगरपालिका–३ स्थित आफ्नै घरभित्र शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कोठाको ढोकाको चुक्कल भित्रबाट लगाइएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

५९ वर्षिय राम आचार्य भिम आचार्यका कान्छा भाइ हुन् । उनी उच्च रक्तचाप र मधुमेहका साथै डिप्रेसनबाट समेत पिडित रहेको बताइएको छ । उनी नेकपा एमालेका पहिलो इनूवा नगर कमिटी सचिव र इन्सेकको मानवअधिकार वर्ष पुस्तक प्रतिनिधिसमेत भएका थिए आचार्य ।

प्रदेश १ को मुख्यमन्त्रीमा आजै भिम आचार्यले सपथग्रहण गर्ने कार्यक्रम थियो । उनलाई एमालेले संसदीय दलको नेता चयन गरिसकेको छ । भाइको मृत्यूपछि सपथग्रहण कार्यक्रम स्थगित हुनसक्ने अनुमान गरिए पनि औपचारिक सूचना आएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर