वामदेवदम्पती नयाँ पार्टीमा जान कानूनी झमेला, तुलसा थापाको निवेदन निर्वाचन आयोगमा दरपीठ – Nepal Press

वामदेवदम्पती नयाँ पार्टीमा जान कानूनी झमेला, तुलसा थापाको निवेदन निर्वाचन आयोगमा दरपीठ

काठमाडौं । नेकपा एमाले छाडेर एकीकृत समाजवादीमा जाने एमाले सांसद कुमारी तुलसी थापा (गौतम) को प्रयासले कानूनी मान्यता नपाउने भएको छ ।

एमाले उपाध्यक्ष वामदेव गौतमले बेलैमा निर्णय नगर्दा श्रीमती पनि एकीकृत समाजवादीको सांसद बन्न नपाएकी हुन् । उनको निवेदन बुधवार साँझ ५ बज्नुभन्दा केही मिनेट अघि निर्वाचन आयोगमा पुगेको थियो ।

दल विभाजनका लागि निवेदन दिएका केन्द्रीय सदस्य र सांसदहरूको सनाखत भइसकेपछि गौतमको निवेदन आएकाले त्यसलाई दरपीठ गरिएको आयोग स्रोतले जनाएको छ ।

तर, आयोगले एमालेका सांसदहरु सोमप्रसाद पाण्डे, माया ज्ञवाली र शारदा भट्टको निवेदनलाई भने निर्णयमा संलग्न गरेको छ । उनीहरुले दल विभाजनमा हस्ताक्षर गर्न निवेदन दिए पनि यसअघि पेस भएको निवेदनमा हस्ताक्षर नभएकाले सनाखत भने गर्न पाएनन् ।

आयोगको यो निर्णयविरुद्ध यी तीन सांसदले अदालतमा रिट दर्ता गर्न सक्छन् । तर वामदेव पत्नी भने अब कानूनी रुपमा एमालेमै रहनुपर्ने भएको छ । उनले एकीकृत समाजवादीको सदस्यता लिएमा एमालेले सांसदबाट कारवाही गर्न सक्छ ।
गौतमले एमाले उपाध्यक्षबाट राजीनामा दिएर एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी भइरहेको छ । तर, उनी पनि राष्ट्रियसभामा एमाले संसदीय दलको सदस्यकै हैसियतमा रहेकाले कानूनी जटिलता आउन सक्छन् । यद्यपी उनी राष्ट्रपतिबाट मनोनीत सांसद हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर