विज्ञापन कर नबुझाउने २६ कम्पनीविरुद्ध सुर्खेत अदालतमा मुद्दा दायर – Nepal Press

विज्ञापन कर नबुझाउने २६ कम्पनीविरुद्ध सुर्खेत अदालतमा मुद्दा दायर

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र विज्ञापन बोर्ड लगाउने तर कर नतिरेका २६ कम्पनीमाथि जिल्ला अदालतमा रिट दायर भएको छ ।

सुर्खेतमा विज्ञापन कर उठाउने जिम्मा पाएको सहारा निर्माण सेवाका सन्चालक दशरथ चन्दले ती कम्पनीमाथि ३३ लाख ३० हजार ८ सय रुपैयाँ असुल गराइदिन अदालतमा मुद्दा दायर गरेका हुन् ।

२०७७ साल असोज ४ गते वीरेन्द्रनगर नगरपालिका र साहरा निर्माण सेवाबीच विज्ञापन कर संकलन गर्ने सम्झौता भएको थियो । सम्झौतापछि सो कम्पनीले दुई लाख एक सय रुपैयाँ दाखिला गरेर वीरेन्द्रनगर क्षेत्रभित्र कर संकलन गर्ने कार्यादेश प्राप्त गरेको थियो ।

सहारा निर्माणका सन्चालक चन्दले कम्पनीलाई बराम्बार राजश्व दिनका लागि अनुरोध गरेको, पत्र पठाएको बताउँदै कसैले पनि नतिरेकोले मुद्दा दर्ता गर्न बाध्य भएको बताए ।

उनले नगरपालिकाबाट अनुमति पाएपनि कर संकलन गर्न भने पाएका छैनन् । नेपालकै ठूला कम्पनीहरुले वीरेन्द्रनगर नगरक्षेत्रमा होडिङबोर्ड राखेर विज्ञापन गर्ने तर त्यसको रकम भुक्तानी नगर्दा आफुहरुलाई समस्या भएको उनले बताए ।

‘कानून अनुसार सबै चल्नुपर्ने देखिन्छ । ठूला कम्पनीले मनलाग्द िविज्ञापन गर्ने तर राज्यले तोकेको कर नतिर्ने कार्य राम्रो होइन । कर संकलनको जिम्मा मैले पाएको हो । उक्त जिम्मा पाए अनुसार नगरपालिकाले बारम्बार मलाई कर चुक्ता गर्नकालागि पत्र पठाइरहेको छ । मैले कसर ितिर्ने ?’ यहि समस्याका कारण आफू अदालत गएको उनको भनाई थियो ।

यी हुन राजश्व नतिर्ने २६ कम्पनी

हिम इलेक्ट्रोनिक्स प्रालि– ५२ हजार ४००
सम्राट सिमेन्ट कम्पनी प्रा.लि– १ लाख ४८ हजार १६०
वर्जर पेन्टस नेपाल (वर्जर एण्ड निकोल्सन)– ५२ हजार ८००
नारायणी स्टिल प्रालि– ३६ हजार
घोराही मिसमेन्ट इण्डष्ट्री प्रालि– ६९ हजार ६००
लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालि– ४७ हजार २००
जन्सा कार्पेट (आशि इण्डष्ट्रीज)– १ लाख ४४ हजार
विश्वकर्मा सिमेन्ट प्रालि– ६० हजार ८००
एसियन थाई फूड्स प्रालि– २ लाख १३ हजार ७६०
मंगलम ईन्डष्ट्रीज प्रालि– ६० हजार ४००
एनसेल एक्जियटा लिमिटेड– ९५ हजार २००
लिक्कियर वल्र्ड– एक लाख ८ हजार ६४०
बोटलर्स नेपाल लिमिटेड– ७८ हजार ४००
यति ब्रुवरी प्रालि– ३९ हजार २००
अम्बे स्टील्स प्रालि– ३४ हजार ६६०
जस्मीन पेन्टस प्रालि– १ लाख ८९ हजार २००
टाटा पेन्टस एण्ड केमिकल इन्डष्ट्रिज प्रालि– १ लाख ७४ हजार ४००
वल्र्डलिंक कम्युनिकेशन लिमिटेड– २ लाख ४ हजार ८ सय
सीजी फूड्स नेपाल प्रालि– ४ लाख ६१ हजार ६ सय
शोंसी शिवम सिमेन्ट प्रालि– १ लाख १९ हजार २००
आइएमई डिजीटल सोलुसन प्रालि– २ लाख ३२ हजार ८००
इसेवा फोनपे प्रालि– १ लाख ३२ हजार ४००
सर्वो लुव्रिकेन्ट एचएच नेपाल– १ लाख ३४ हजार ४००
हंशराज हुलाशचन्द एण्ड कम्पनी लिमिटेड प्रालि– ९५ हजार २००
शुभमश्री अग्नि सिमेन्ट उद्योग– १ लाख ७३ हजार ६००
गोयन्का स्टील प्रालि– ९२ हजार

वादीले माग गरेबमोजिम जिल्ला अदालत सुर्खेतले असोज ५ गते तारेखका लागि उपस्थित हुन विभिन्न कम्पनीलाई पत्र पठाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर