उपत्यकाको १३ स्थानमा ट्राफिक लाइट जडान गरिँदै – Nepal Press

उपत्यकाको १३ स्थानमा ट्राफिक लाइट जडान गरिँदै

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न १३ स्थानमा ट्राफिक लाइट जडान गरिने भएको छ । ट्राफिक प्रहरी महाशाखा र सडक विभागको सहकार्यमा उपत्यकाका १३ वटा स्थानमा ट्राफिक लाइट जडान गर्न लागेको हो ।

उपत्यकाको गंगालाल , लाजिम्पाट, त्रिचन्द्र कलेज अगाडी ,टेकु, बबरमहल, सिभिल हस्पिटल आगाडि,तिनकुने , जडिबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग, केशरमहल लगायतको स्थानमा ट्राफिक लाइन जडान गर्न लागिएको सडक विभागले जनाएको छ ।

यी स्थानमा एक साता भित्रमा ट्राफिक लाइट संचालनमा आउने तयारी भइरहेको छ । विभागका अनुसार बत्ति गएपनि २(३ घण्टा सम्म चल्ने छ। ट्राफिक प्रहरी महाशाखाबाट पनि ट्राफिक लाइट कन्ट्रोल गर्न मिल्ने छ।

 फाेटाे : सराेज बैँजु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *