मेटमणि भन्छन्ः चार महिनाभित्र माओवादीसँग एकता गर्छौं, देशकै ठूलो पार्टी बन्छौं (भिडियो) – Nepal Press

मेटमणि भन्छन्ः चार महिनाभित्र माओवादीसँग एकता गर्छौं, देशकै ठूलो पार्टी बन्छौं (भिडियो)

काठमाडौं । प्रस्तावित एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले आफूहरुले गठन गरेको नयाँ पार्टी चार महिनापछि देशकै सबैभन्दा ठूलो बन्ने दावी गरेका छन् । नेकपा माओवादी केन्द्रलगायतका कम्युनिष्ट घटकसँग पार्टी एकता गर्ने तर एमालेसँग कुनै सहकार्य नहुने उनले बताए ।

निर्वाचन आयोगमा एकीकृत समाजवादीको सनाखत प्रक्रिया चलिरहँदा चौधरीले पत्रकारहरुसँग कुरा गर्दै आफूहरुले सोचेभन्दा धेरैको सनाखत भएको पनि बताए । चौधरीका अनुसार अहिलेसम्म ५५ जना केन्द्रीय सदस्य र २९ जना सांसदको सनाखत भइसकेको जानकारी दिए ।

उनले भने, ‘हामी चार महिनापछि यो मुलुकको सबैभन्दा ठूलो पार्टी बन्दैछौं ।’

कसरी ठूलो पार्टी बन्नुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले वामएकताको आधार देखाए ।

‘हामीले माओवादी केन्द्र, जनमोर्चादेखि विप्लव, मोहन वैद्यलगायतका पार्टीसँग एकताको प्रक्रिया अगाडि बढाइसकेका छौं । त्यो चाँडै सम्पन्न हुन्छ’ उनले भने ।

एमालेमा केपी ओलीको नेतृत्व छउञ्जेल कुनै प्रकारको सहकार्य नहुने चौधरीको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर