विभाजनमा हस्ताक्षर गरेका भाष्कर काफ्ले एमालेमै रहने, सनाखत गर्न गएनन् – Nepal Press

विभाजनमा हस्ताक्षर गरेका भाष्कर काफ्ले एमालेमै रहने, सनाखत गर्न गएनन्

काठमाडौं । नेकपा एमाले विभाजनका लागि हस्ताक्षर गरेका केन्द्रीय सदस्य भाष्कर काफ्ले सनाखतका लागि निर्वाचन आयोग नजाने भएका छन् । उनले पार्टी विभाजनमा साथ नदिने र केपी ओली नेतृत्वको नेकपा एमालेमै रहने जनाएका छन् ।

एमालेको अन्तरसंघर्षमा लामो समय माधव नेपालसंगै रहेका काफ्ले ताप्लेजुङ जिल्ला र्इञ्चार्ज समेत हुन् । पार्टी विभाजनका दौरानमा दोस्रो पुस्ताका अधिकांश नेता एमालेमै रहने निश्चित भएपछि काफ्ले पनि एकताकै पक्षमा उभिएका हुन् ।

‘दश बुँदे सहमति कार्यान्वयनबाटै एमाले एकता जोगाउने निष्कर्षमा पुगेका छौं । विभाजनभन्दा संघर्ष र सहकार्यबाटै अघि बढ्नु उपयुक्त लाग्यो’, काफ्लेले नेपाल प्रेससंग भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर