एरिक्सनको ज्यान बचाउन सहयोग गर्ने डेनिस कप्तान र मेडिकल टिमलाई युईएफए अवार्ड – Nepal Press

एरिक्सनको ज्यान बचाउन सहयोग गर्ने डेनिस कप्तान र मेडिकल टिमलाई युईएफए अवार्ड

एजेन्सी । युरो–२०२० मा खेलकै क्रममा हृदयघात भएर ढलेका क्रिष्टियन एरिक्सनको ज्यान बचाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने डेनमार्कका कप्तान सिमोन जायर र राष्ट्रिय टोलीको मेडिकल टिमलई युरोपेली फुटबल महासंघले युईएफए प्रेसिडेन्ट अवार्ड प्रदान गरेको छ ।

१२ जुनमा कोपनहेगनमा फिनल्याण्डसँगको खेलका क्रममा २९ वर्षीय एरिक्सनलाई हृदयघात भएको थियो ।

कप्तान जायरलाई कठिन स्थितिलाई नियन्त्रणमा राखेर आफ्नो शानदार नेतृत्वदायी क्षमता प्रदर्शन गरेको भन्दै सम्मान गरिएको हो ।

मेडिकल टिमलाई धन्यबाद दिँदै एरिक्सन आफैंले भनेका थिए, ‘तपाईंहरुले धेरै राम्रो काम गर्नुभयो र मेरो जीवन बचाउनुभयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *