सीमा अपराध, लागूऔषध कारोबार तथा तस्करीलाई निस्तेज पार्न आईजीपीको निर्देशन – Nepal Press

सीमा अपराध, लागूऔषध कारोबार तथा तस्करीलाई निस्तेज पार्न आईजीपीको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापाले सीमा अपराध, लागूऔषध कारोबार तथा तस्करीलाई पूर्णरुपमा निस्तेज पार्न निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयबाट मंगलबार भिडियो कन्फ्रेन्सद्वारा प्रदेश प्रहरी कार्यालयका प्रमुख, संघीय प्रहरी ईकाइ कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख र सीमा प्रहरी चौकीका प्रमुखलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

प्रहरी महानिरीक्षक थापाले सीमामा खटिने प्रहरी कार्यालय प्रमुखले समानता, निष्पक्षता र सन्तुलित भएर जिम्मेवारी वहन गर्न पनि निर्देशन दिएका छन् । उनले प्रहरी कर्मचारीलाई सामाजिक हैसियतको ख्याल राखि मिठो बोली बचन, ईमान र पूर्ण व्यावसायिकताका साथ संगठनप्रति उत्तरदायि हुँदै जिम्मेवारी वहन गर्न सिमा प्रहरी कार्यालयका प्रमुखलाई निर्देशन दिएका हुन् ।

सीमापार सम्बन्धलाई उत्कृष्ट बनाई पारस्परिक हितलाई संस्थागत हितमा उपयोग गर्नुपर्ने उल्लेख गर्दै आइजीपी थापाले प्राप्त प्रहरी जनशक्तिलाई उचित व्यवस्थापन गर्दै अन्य सुरक्षा निकायसँगको समन्वयमा सीमा क्षेत्रमा हुने विभिन्न अपराध न्यूनीकरणका लागि दत्तचित्त भएर लाग्न आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर