एमाले महाधिवेशन मंसिर १० देखि १२ मा हुने, विधान महाधिवेशन असोज पहिलो साता – Nepal Press

एमाले महाधिवेशन मंसिर १० देखि १२ मा हुने, विधान महाधिवेशन असोज पहिलो साता

प्रदेश र जिल्ला कमिटीलाई जेठ २ अघिकै संरचनाबाट क्रियाशील हुन निर्देशन

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते आयोजना हुने भएको छ । माधव नेपाल छाडेर फर्किएका स्थायी कमिटी सदस्यसहितको बैठकले सहमतिका आधारमा महाधिवेशनको मिति तोकेको हो ।

त्यस्तै भदौ २७ र २८ गतेलाई तोकिएको विधान महाधिवेशन पनि सरेको छ । विधान महाधिवेशन असोज पहिलो ५ र ६ गते हुने भएको छ ।

स्थानीय तहका अधिवशेनहरुको मिति पनि सारिएको छ ।

बैठकले सबै प्रदेश समन्वय कमिटी र जिल्ला कमिटीहरूलाई २०७५ जेठ २ अघिकै संरचनाबाट क्रियाशील हुन निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *