माओवादीले कारवाही गरेका २ सांसदको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश – Nepal Press

माओवादीले कारवाही गरेका २ सांसदको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

रुपन्देही । नेकपा खारेजपछि नेकपा एमालेमा प्रवेश गरेको भन्दै नेकपा माओवादी केन्द्रबाट कारबाहीमा परेका लुम्बिनीका दुई सांसदको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

माओवादीबाट उम्मेदवार भइ सांसद भएका दधिराम न्यौपाने र दिनेश पन्थीलाई माओवादीले आफ्नो दल त्याग गरेको भन्दै कारवाही गरेको थियो।

उक्त कारवाहीविरूद्ध उनीहरू सर्वोच्च अदालत गएका थिए ।

न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयालको इजलासले उनीहरू दुवै नेकपा एमालेको केन्द्रीय समितिमा भएको भन्दै अन्तरिम आदेश नहुने बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर