तस्बिरमा हेर्नुस् एमाले जेठ २ मा फर्किए पनि नरोकिएका पूर्वमाओवादी पाइलाहरू – Nepal Press

तस्बिरमा हेर्नुस् एमाले जेठ २ मा फर्किए पनि नरोकिएका पूर्वमाओवादी पाइलाहरू

काठमाडौं । विद्रोहमा माधव नेपाललाई साथ नदिएका नेताहरूसँग भएको सहमतिअनुसार एमालेलाई २०७५ जेठ २ मा फर्काउन ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा स्थायी कमिटीको बैठक शुरू भएको छ ।

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीका निजी निवास बालकोटमा विभाजनतर्फ नलागेको नेताहरूसहितको बैठकमा १० बुँदे कार्यान्वयन गर्दै पार्टी संगठनलाई जेठ २ मा फर्काउने सहमति भएको थियो । मुलतः आजको बैठक १० बुँदे कार्यान्वनयको समय तालिका र मोडालिटी बनाउन बोलाइएको नेताहरूले बताएका छन् ।

बैठकमा पूर्वमाओवादी नेताहरू पनि सहभागी छन् । रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा बैठकमा उपस्थित भएका छन् । जेठ २ मा फर्कन पूर्वमाओवादीसहितको बैठक बस्ने कि पूर्वमाओवादीबिनाको बस्ने भन्ने लामो गलफन्दी एमालेमा चलेको थियो ।

१० बुँदेमा ‘पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठनहरू नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्थाबमोजिम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन हुनुपूर्व २०७५ साल जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटीमा सदस्यहरू मनोनयन गर्ने निर्णयसहित) संगठनात्मक अवस्थाबाट क्रियाशील हुने’ उल्लेख छ ।

माधव नेपालहरू पहिले २०७५ साल जेठ २ कै बेलाको एमाले स्थायी कमिटी बैठक बोलाउनु पर्ने र उक्त बैठकबाट पूर्वमाओवादी नेताहरूबारे निर्णय लिनुपर्ने अडानमा थिए । तर, उनी विद्रोह गरेर गएपछि उनकै समूहका एकता पक्षधर नेताहरू भने पूर्वमाओवादीसहितको स्थायी कमिटी बैठक बसेर जेठ २ को सांगठानिक प्रणालीमा फर्कन तयार भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर