जलविद्युत कम्पनीको उच्च गिरावटका कारण ५६ अंकले घट्यो नेप्से – Nepal Press

जलविद्युत कम्पनीको उच्च गिरावटका कारण ५६ अंकले घट्यो नेप्से

काठमाडौं । आज जलविद्युत कम्पनीको सेयरमा उच्च गिरावट आउँदा नेप्से परिसूचक ५६.०३ अंकले घट्दै ३,१२४.८७ विन्दुमा पुगेको छ ।

आज २० वटा जलविद्युत कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता सेयर किनबेचमा १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ६० रूपैयाँ कारोबार भयो ।

हाइड्रोपावर समूहको सेयर ६.२१ प्रतिशतले घटेको छ । यसैगरी, आज अरुण भ्याली हाइड्रोपावरको ७५ करोड कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर