भिजिब्लिटी कम हुँदा आन्तरिक उडान प्रभावित – Nepal Press

भिजिब्लिटी कम हुँदा आन्तरिक उडान प्रभावित

काठमाडौं । आइतबारदेखिको भारी वर्षाले भिजिब्लिटी (दृश्यात्मकता) कम पछि काठमाडौं विमानस्थलबाट हुन आन्तरिक उडान प्रभावित बनेको छ । मौसम खराबीले उडान प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

जहाज अवतरण हुन पाँच किलोमिटर भिजिब्लिटी आवश्यक पर्ने भएपनि विहानदेखि तीन देखि चार किलोमिटर मात्र भिजिब्लिटी रहेको विमानस्थलका अधिकृत केशव भट्टराईले जानकारी दिए ।

सोमबार विमानस्थलले १२ वटा काठमाडौं अवतरण हुने र ११ वटा बाहिरी उडान गर्ने अनुमति दिएको छ । त्यस्तै ९९ वटा अवतरण र १०० वटा बाहिरी उडान गरी जम्मा १९९ वटा उडान गर्ने अनुमति दिएको छ ।

सोमबार मौसम खराबीका कारण भिजिब्लिटी नपुग्ने हुँदा समस्या हुनेपछि विमानस्थलले अवतरण गर्न अनुमति नदिने जनाएको छ । सोमबार उडानहरु ढिलाइ हुने भएपनि रद्द चाहिँ नभएको उनले जानकारी दिए ।

जल तथा मौसम विभागका अनुसार मनसुन सक्रिय हुँदा एक साता देशभर भारी वर्षा हुन सक्ने अनुमान रहेको महाशाखाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर