माधवसँग छुटेर ओलीसँग जुटेपछि बालकोटबाट बाहिरिएका पाइलाहरू (तस्बिरहरू) – Nepal Press
माधवसँग छुटेर ओलीसँग जुटेपछि बालकोटबाट बाहिरिएका पाइलाहरू (तस्बिरहरू)
नेपाल प्रेस २०७८ भदौ ७ गते १४:४६
२०७८ भदौ ७ गते १४:४६

काठमाडौं । केपी ओलीसँग राजनीतिक र सांगठनिकरूपमा विभाजित भएको ठीक ९ महिनापछि तत्कालीन नेकपा र हाल एमालेका ९ जना स्थायी कमिटी सदस्यहरू अन्ततः ओलीले बोलाएको बैठकमा बस्न तयार भएका छन् ।

तत्कालीन नेकपा पुस ७ गते विभाजित भएपछि भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्त प्रचण्ड-माधव समूहमा थिए ।

फागुन २३ को फैसलाले एमाले ब्युँतिएपछि पनि उनीहरू माधव नेपाल नेतृत्वको समानान्तर गतिविधिमै थिए । तर, नेपालले पार्टी विभाजन गरेपछि भने उनीहरू १० बुँदे कार्यान्वयनको प्रतिबद्धतासहित एमालेमा रहने भएका छन् र मंगलबारको बैठकले सबै विषय सम्बोधन गर्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।















तस्बिरहरू : सरोज बैजु ।