नारायणकाजीले माओवादी प्रवक्ताको जिम्मेवारी त्याग्ने – Nepal Press

नारायणकाजीले माओवादी प्रवक्ताको जिम्मेवारी त्याग्ने

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ताको जिम्मेवारी त्याग्ने भएका छन् । शनिबार र आइतबार चलेको स्थायी समिति बैठकमा श्रेष्ठले प्रवक्ताको जिम्मेवारीबाट हट्ने चाहाना व्यक्त गरेको बैठकमा सहभागि एक स्थायी समिति सदस्यले जानकारी दिए ।

श्रेष्ठले नेकपा हुँदा नै आफू प्रवक्तामा बस्न नचाहेको भन्दै अब पनि त्यही जिम्मेवारीमा रहन नचाहेको बताएका थिए । ‘म पार्टीको प्रचण्डपछिको नेता हुँ, प्रवक्ता किन भइराख्ने भन्ने उहाँको भावना छ,’ ती स्थायी समिति सदस्यले नेपाल प्रेससँग भने ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को बैठकबाट टुंग्याउने भनेपछि यो विषयमा आज कुनै निर्णय नभएको हो । यसअघि नेकपाको समेत प्रवक्ता रहेका श्रेष्ठ २३ फागुनको सर्वोच्च अदालतको फैसलापछि ब्युँतिएको माओवादी केन्द्रको पनि प्रवक्ताको भूमिकामा छन् । एकता अघि पम्फा भुसाल माओवादी केन्द्रको प्रवक्ता थिइन् ।


प्रतिक्रिया

2 thoughts on “नारायणकाजीले माओवादी प्रवक्ताको जिम्मेवारी त्याग्ने

  1. नारायणकाजी कम्युनिस्ट नेता हुन भने प्रबक्ता छाड्ने नै भएछन चुनावमा हारेका कारणले सांसद पदबाट पनि हट्नु राम्रो ।

  2. यहि दलमा यो भन्दा माथि जान सकिँदैन । बरू नया दल खोल्दा ठिक छ नारायणकाजि जि अध्यादेशको आडमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर