सभामुखले राजनीतिक भीडन्त निम्त्याएको लुम्बिनी एमालेको आरोप, पदमा बसिरहन नमिल्ने ठहर – Nepal Press

सभामुखले राजनीतिक भीडन्त निम्त्याएको लुम्बिनी एमालेको आरोप, पदमा बसिरहन नमिल्ने ठहर

रुपन्देही । आफ्नो पार्टीले कारवाहीका लागि सिफारिस गरेका सांसदद्वय अजश शाही र विमला वलीलाई प्रदेशसभा सचिवालयले पदमुक्त नगर्ने बताएपछि लुम्बिनी एमाले आक्रोशित भएको छ । भीडन्त निम्त्याएको ठहर गर्दै एमालेले सभामुखलाई ‘संसदबाटै ठेगान लगाउने’ चेतावनीसमेत दिएको छ ।

सभामुख घर्तीले पदअनुकुल आचरण नगरी माओवादी कार्यकर्ताको व्यवहार गरेको भन्दै एमालेले संसदबाटै ठेगान लगाउने चेतावनी दिएको हो । एमालेले कारवाहीका लागि पठाएको पत्रको जवाफमा प्रदेशसभाले ‘कारवाही गर्न नमिल्ने’ भनेपछि एमालेले आइतबार पत्रकार सम्मेलन गरी विवादित व्यक्ति संवैधानिक पदमा बस्न नमिल्ने जिकिर गरेको हो । आफूले माग गरेअनुसार प्रदेशसभा सदस्यद्वय वली र शाहीलाई पदमुक्त गर्नैपर्ने एमालेको अडान छ ।

पत्रकार सम्मेलनमा पूर्वमन्त्री एवम् सांसद बैजनाथ चौधरीले भने ‘सभामुखजस्तो गरिमामय पदमा आसीन रहेको अवस्थामा पटक पटक पदअनुकुल आचरण नगर्नु आपत्तिजनक छ ।’

चौधरीले सभामुख न्यायाधीश बन्न खोजेको आरोप लगाउँदै कानुनको खिल्ली उडाउनेलाई कानुनी सबक सिकाउने बताउँदै कारवाहीलाई अगाडि नबढाए प्रदेशसभा चल्न नदिने बताए ।

एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले पदअनुकुलको आचरण सभामुखले देखाउन नसकेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर