प्रधानमन्त्री देउवाद्वारा ज्यापु समाज जेष्ठ नागरिक भवनको उद्घाटन (तस्वीरहरु) – Nepal Press

प्रधानमन्त्री देउवाद्वारा ज्यापु समाज जेष्ठ नागरिक भवनको उद्घाटन (तस्वीरहरु)

ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले बागडोलस्थित नवनिर्मित ‘ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन भवन’ को उद्घाटन गरेका छन् । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको उपस्थितमा प्रधानमन्त्री देउवाले भवनको उद्घाटन गरेका हुन् ।

जेष्ठ नागरिकको उचित हेरचाहका लागि आधुनिक, अपाङ्गमैत्री संरचनाहरुको सुविधासहित भवन निर्माण गरिएको ज्यापु समाजले जनाएको छ । यस भवनमा ११० वटा बेडका साथै स्वास्थ्य परीक्षण कक्ष, भान्छा कोठा, अत्यावश्यक फर्निचर र अन्य उपकरणहरु रहेका छन्।

भारत र नेपाल सरकारबीचको सम्झौता अनुरुप यस भवनको निर्माण भारत सरकारको ५ करोड आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा गरिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर