प्राविधिक तर्फका ४ उपसचिव सहसचिवमा बढुवा – Nepal Press

प्राविधिक तर्फका ४ उपसचिव सहसचिवमा बढुवा

काठमाडौं । सरकारले ४ जना प्राविधिक उपसचिवलाई सहसचिवमा बढुवा गरेको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय वा मन्त्रालय अन्तर्गतमा कार्यरत ४ जना उपसचिवलाई बढुवा गर्न बढुवा सिफारिस समितिले सिफारिस गरेपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनिहरुलाई बढुवा गरेको हो ।

इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, इरिगेनसन उपसमूहका सिनियर डिभिजनल इन्जिनियर (उपसचिवस्तर) का कर्मचारी हरिनारायण यादव, रुक्मांगत खनाल, प्रचण्डदेव विष्ट र केदारकुमार श्रेष्ठलाई प्राविधिक (सहसचिवस्तर)मा बढुवा गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *