लुम्बिनी प्रदेशको प्रमुख सचिवमा शर्मा नियुक्त, प्रमुख सचिव सुवेदी प्रधानमन्त्री कार्यालय तानिए – Nepal Press

लुम्बिनी प्रदेशको प्रमुख सचिवमा शर्मा नियुक्त, प्रमुख सचिव सुवेदी प्रधानमन्त्री कार्यालय तानिए

काठमाडौं। सरकारले भर्खरै सहसचिवबाट बढुवा भएका एक सचिवको पदस्थापनसँगै अर्का एक सचिवको सरुवा पनि गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव डिल्लीराम शर्मालाई सचिवमा बढुवागर्दै लुम्बिनी प्रदेशको प्रदेश प्रमुख सचिवमा पदस्थापन गरेको छ भने लुम्बिनीका प्रमुख सचिव भरतमणि सुवेदीलाई प्रधानमन्त्री कार्यालयको अतिरिक्तमा राखेको छ ।

रिक्त रहेको एक सचिव बढुवा गर्नका लागि बुधबार बसेको लोक सेवा आयोका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतमा सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले तीन सहसचिवको नाम सिफारिस गरेको थियो । एक नम्बरमा बढुवाका लागि सिफारिस भएका शर्मालाई मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।

सात महिना अघि गत माघको पहिलो सात बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई सहसचिवबाट सचिवमा बढुवा गरेर लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *