भन्सार छलेर भारत लाँदै गरेको डेढ सयभन्दा बढी क्विन्टल केराउ बरामद – Nepal Press

भन्सार छलेर भारत लाँदै गरेको डेढ सयभन्दा बढी क्विन्टल केराउ बरामद

बर्दिया । बर्दियामा भन्सार छलेर भारत लैजादै गरेको डेढ सयभन्दा बढी क्विन्टल केराउ बरामद गरेको छ ।

गुलरिया नगरपालिका-१० स्थित मिल नजिक खालि जमिनमा जम्मा गरी राखेको करिब १६ लाख ९१ हजार ५ सय रुपैयाँ मूल्य बराबरको १६८.७५ क्विन्टल केराउ गएराति प्रहरीले बरामद गरेको हो ।

भन्सार छली अवैध रुपमा केराउ भारततर्फ लैजाँदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दिया र सिमा प्रहरी चौकी मथुराबाट खटिएको प्रहरीलाई देख्नासाथ संलग्न व्यक्तिहरू फरार भएपछि प्रहरीले उक्त केराउ र ८ थान साईकल बरामद गरेको  छ ।

बरामद भएको केराउ र साईकल कारबाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा पठाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर