वामदेवको साथ माधव नेपालको पार्टीलाई – Nepal Press

वामदेवको साथ माधव नेपालको पार्टीलाई

काठमाडौं । एमाले विभाजनमा नेता वामदेव गौतमले माधव नेपाललाई साथ दिने भएका छन् ।

गौतमले नेतृत्व गरेको पार्टी एकता राष्ट्रिय अभियानको भर्चुअल बैठकले एमाले विभाजन भइसकेको अवस्थालाई मध्यनजर गर्दै माधव नेपालले नेतृत्व गरेको नेकपा (एमाले-समाजवादी) लाई सहयोग गर्ने निर्णय गरेको उनको सचिवालय सदस्य शैलेन्द्र राउतले जानकारी दिए ।

हिजो निर्वाचन आयोगमा पार्टी दर्ताको लागि नेपालले बुझाएको सूचीमा गौतमको नाम समावेश छैन । वामदेवले यसअघि नै झलनाथ खनाल र नेपालले नयाँ पार्टी खोले आफूले साथ दिने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर