प्रचण्ड र माधवलाई बाबुरामको आग्रह- चुनावी लोभ त्यागेर समाजवादको नयाँ मोडल खोजौं(भिडियाे) – Nepal Press

प्रचण्ड र माधवलाई बाबुरामको आग्रह- चुनावी लोभ त्यागेर समाजवादको नयाँ मोडल खोजौं(भिडियाे)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता बाबुराम भट्टराईले समाजवादको नयाँ मोडलको खोजी गनुपर्ने बताएका छन् ।

बुधबार समाजवादी केन्द्रले राजधानीमा आयोजना गरेको कार्यक्रममा भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले-समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई तत्कालको चुनावी लोभ त्यागेर नयाँ मोडेलको समाजवादको विकासमा लाग्न आग्रह गरे ।

‘हामीले सबैले मेहनत गर्‍यौं भने उन्नत विचार खोज्न सकिन्छ,’ उनले भने, ‘हिजो कसैले माओवादी, कसैले एमाले भयौं । चुनावी मोहले गर्दा त्यो छोड्न हामीलाई गाह्रो भयो । तर, अब हामीले आँट गर्ने पर्छ । तत्काल चुनावी स्वार्थभन्दा नयाँ खालको समाजवादको मोडल विकास गर्नतिर लाग्नै पर्छ ।’

कार्यक्रममा माधव नेपाल सहभागी हुने भनिए पनि अहिलेसम्म उनी आएका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर