शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपप्रति अनेरास्ववियुको आपत्ति, दमनविरुद्ध सशक्त संघर्ष गर्ने – Nepal Press

शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपप्रति अनेरास्ववियुको आपत्ति, दमनविरुद्ध सशक्त संघर्ष गर्ने

काठमाडौं । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशविरुद्धको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी दमन भएको भन्दै नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आपत्ति जनाएको छ ।

बुधबार भएको प्रदर्शनमा अनेरास्ववियुका नेता नरेश रोकायासहित दजर्नौ विद्यार्थी नेता–कार्यकर्ता घाइते भएको भन्दै प्रहरी दमनविरुद्ध झन् सशक्त आन्दोलन गर्ने अनेरास्ववियुले जनाएको छ ।

अनेरास्ववियुका अध्यक्ष ऐन महरले विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक पद्दतिमाथि नै प्रहार हुने गरी आएको राजनीतिक दलसम्बन्धी अध्यादेशको सशक्त प्रतिवाद गर्ने बताएका छन् ।

अनेरास्ववियुले अध्यादेशविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर