दल विभाजन गर्ने अध्यादेशविरुद्ध रिट, सर्वोच्चको फैसलाको अवज्ञा भएको जिकिर – Nepal Press

दल विभाजन गर्ने अध्यादेशविरुद्ध रिट, सर्वोच्चको फैसलाको अवज्ञा भएको जिकिर

काठमाडौं । राजनीतिक दल फुटाउने उद्देश्यले ल्याईएको अध्यादेश बिरुद्ध सर्वोच्च अदालतमा बेग्ला बेग्लै रिट दर्ताका लागि पेस भएका छन् । अधिवक्ता श्रीकान्त बराल, प्रवेश केसी, अनुप अर्याल, सकुन्तला भुसाललगायतले अध्यादेशविरुद्ध रिट लिएर सर्वोच्च गएका हुन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी फुटाउन सहज हुने गरी सरकारले मंगलबार अध्यादेश जारी गरेको थियो । अध्यादेश जारी भएलगत्तै एमाले र जसपा विभाजित भएर नयाँ दल दर्ताको प्रक्रियामा गइसकेका छन् ।

व्यवस्थापिका संसदको चालु अधिवेशन मध्यरातबाट अन्त्य गरेर अध्यादेश ल्याइएकाले त्यस्तो अध्यादेश तत्काल रोक्न माग गर्दै रिट दायर भएको हो । संसदलाई छलेर गैरसंवैधानिक र अलोकतान्त्रिक रुपमा अध्यादेश ल्याएर राजनीतिक अस्थिरतालाई बढावा दिएको रिटमा दावी गरिएको छ । सर्वोच्च अदालतका पछिल्ला फैसलाको समेत विपरीत हुने गरी सरकारले अध्यादेश ल्याएकाले बदरभागी रहेको रिट निवेदकहरूको दावी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर