फुट्यो एमाले, नयाँ दल दर्ताका लागि माधव नेपाल निर्वाचन आयोगमा – Nepal Press

फुट्यो एमाले, नयाँ दल दर्ताका लागि माधव नेपाल निर्वाचन आयोगमा

काठमाडौं । नेकपा एमाले औपचारिकरूपमा विभाजित भएको छ । राजनीतिक दलसम्बन्धी ऐन दोस्रो संशोधन अध्यादेशका आधारमा वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा एमाले विभाजित भएको हो ।

नेपालको संयोजकत्वमा नेकपा एमाले (समाजवादी) गठन गर्न लागिएको छ । नयाँ दल दर्ताको निवेदन लिएर नेपालसहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् ।

२०५४ सालमा नेपाल महासचिव रहँदा वामदेव गौतमको नेतृत्वमा एमाले विभाजित भएर नेकपा माले गठन भएको थियो । २४ वर्षपछि एमालेका पूर्वमहासचिव नेपालकै नेतृत्वमा एमाले विभाजित भएको हो । अध्यक्ष केपी शर्मा ओलीसँगको निरन्तरको राजनीतिक टकरावले अब विभाजनको रूप लिएको छ ।
यद्यपि नेपालसँगै लामो राजनीतिक सहकार्य गरेका अधिकांश नेताहरूले विभाजनमा भने उनलाई साथ दिएनन् । भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, अमृत बोहोरा, रघुजी पन्त, घनश्याम भूसाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरूले विभाजनमा साथ दिन नसकिने बताएका छन् ।

प्रतिक्रिया

One thought on “फुट्यो एमाले, नयाँ दल दर्ताका लागि माधव नेपाल निर्वाचन आयोगमा

  1. २०५६ मा एमालेको स्पष्ट बहुमतका साथ सरकार बन्दैथ्यो माधव नेपालले वामदेवसँग मिलेर पार्टी फुटाउने मुख्य भूमिका खेले अहिले पनि एमालेको सरकार ढालेर नेकाको सरकार बनाउने भूमिका मात्र खेलेनन् देउवा नेतृत्वको सरकार टिकाउन आफ्नै नेतृत्वमा एमाले फुटाएर नयाँ दल दर्ता गरेका छन्। #गद्दार_माकुने भन्न डराउनु नपर्ने भयो। यसबाट स्पष्ट हुन्छ, माधव नेपाललाई बुर्जुवाहरू लगानी गरेर यो काम गर्न तयार गरेका पात्र रहेछन्। तर नेपाली चेतनाले यस्ता गद्दारहरूलाई सबक सिकाउने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर