सैनिक गुरुङ हत्याको मुद्दा सैनिक अदालत पठाइयो – Nepal Press

सैनिक गुरुङ हत्याको मुद्दा सैनिक अदालत पठाइयो

चितवन । सैनिक हवल्दार भरत गुरुङको हत्या आरोपी भरतपुर–२१ का गंगाधर ढकाललाई सैनिक अदालत पठाइने भएको छ ।

जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासमा भएको थुनछेक बहसले मिसिल नै सैनिक अदालत पठाउने आदेश गरेको जिल्ला अदालत चितवनका श्रेस्तेदार इश्वर आचार्यले जानकारी दिए । आरोपी ढकालविरुद्ध ज्यान सम्बन्धी मुद्दा, अवैध हतियार रुपमा हातहतियार राखेको तथा चोरी गरेको आरोप लागेको थियो ।

दि फेमस महिन्द्र दल गण शिवपुरीमा कार्यरत सिपाही ढकालले आफ्नै साथी धादिङ नीलकण्ठ १३ का भरत गुरुङलाई गोली हानेर हत्या गरेका थिए । भरत भरतपुर–१७ मानसिंह चोक नजिकै सिमलडाँडा खेतको कुलोमा साउन ७ गते बिहान मृत भेटिएका थिए ।

आरोपी ढकालले गुरुङको चेकबाट ९ लाख रुपैयाँ झिकेका थिए । जग्गा पास गर्न चितवन आउनुपर्ने बताएपछि गुरुङलाई लिन उनी काठमाडौं पुगेका थिए । उनले राति खाजासहित रक्सी खुवाएपछि डुलाएर गोली हानी कुलोमा फालेर भागेका थिए ।

ढकालले सैनिकको एसएमजी हतियार प्रयोग गरेको तथ्य खुलेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर