प्रधानमन्त्री देउवाले डा.गोविन्द केसीसँग वार्ता गर्ने – Nepal Press

प्रधानमन्त्री देउवाले डा.गोविन्द केसीसँग वार्ता गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले डा.गोविन्द केसीसंग आफै वार्ता गर्ने भएका छन् । डा. केसीले राखेका मागबारे छलफल गर्न प्रधानमन्त्रीले केसीलाई बालुवाटार बोलाएका हुन् ।

आज साँझ ५ बजे बालुवाटारमा प्रधानमन्त्री देउवा, डा. केसी र उनका सहयोगीबीच वार्ता हुने जनाइएको छ ।

केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हटाउनुपर्ने, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार पदाधिकारी बर्खास्त गर्नुपर्ने लगायतका माग अगाडि सारेका छन् । केसीले माग पूरा गर्न भदौ ३ गतेसम्मको अल्मिेटम दिएका थिए ।

केसीले दिएको अल्टिमेटम पूरा नहुदै स्वास्थ्य मन्त्रालय समेत सम्हालीरहेका प्रधानमन्त्री देउवाले सहमतिको प्रयास गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर