एमाले संसदीय दलको बैठक बस्दै, राष्ट्रियसभाका माधवपक्षीय सांसदहरू पनि बैठकस्थलमा – Nepal Press

एमाले संसदीय दलको बैठक बस्दै, राष्ट्रियसभाका माधवपक्षीय सांसदहरू पनि बैठकस्थलमा

काठमाडौं । नेकपा एमाले विभाजनका अन्तिम प्रक्रिया चलिरहेका बेला सांसदहरुको ओहोर-दोहोर पनि चलेको छ । माधवपक्षीय बैठकमा माया ज्ञवाली र तुलसा थापा गएलगत्तै उता एमाले संसदीय दलको बैठकमा राष्ट्रियसभामा माधवपक्षीय सांसदहरू सहभागी भएका छन् ।

संसद भवनमा बोलाइएको संसदीय दलको बैठकमा सहभागी हुन माधव नेपाल पक्षका सांसदहरु परशुराम मेघी गुरुङ, ठगेन्द्र प्रकाश पुरी, सिंहबहादुर तामाङलगायत ल्होत्से हलमा पुगेका छन् ।

वामदेव गौतम र बेदुराम भुसालबाहेक माधव पक्षका पनि सबै सांसद दलको बैठकमा सहभागी हुन पुगेका छन् । यसअघि दलको बैठकमा उनीहरु जाने गरेका थिएनन् ।

एमाले संसदीय दलको बैठक केहीबेरमा शुरू हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर