बेलायतबाट दीपक मैथानेले ल्याए रोमान्टिक गीत ‘बैगुनी’ (भिडिओ) – Nepal Press

बेलायतबाट दीपक मैथानेले ल्याए रोमान्टिक गीत ‘बैगुनी’ (भिडिओ)

काठमाडौं । कलाकार दीपक मैथाने मगरले नयाँ सांगीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गरेका छन् । साउथ ह्यारोमा आयोजित समारोहमा तमु समाज युकेका संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले भिडिओ सार्वजनिक गरेका हुन् ।

बेलायतमा छायांकन गरिएको भिडिओमा कलाकार मनिष श्रेष्ठ, पूर्व मिसेस युके नेपाल आस्था जोशी, सन्तोष राई, समिर भट्टराई र अर्जुन लिम्बूको अभिनय छ । गायक प्रमोद खरेलको स्वर रहेको गीतमा मैथानेकै शब्द श्रृजना छ भने म्यूजिक र अरेन्ज बिलन थापा मगरले गरेका छन् । गुल्मीमा जन्मिएर बेलायतलाई कर्मथलो बनाएका मैथाने संगीतमा सक्रिय छन् ।

गीतको भिडिओ निर्देशन संचारकर्मी कुशल श्रेष्ठले गरेका हुन् । बेलायतका रमणीय र प्रसिद्ध स्थानहरुमा छायांकन गरिएको भिडिओमा प्रेम विछोडमा हुने भावनालाई चित्रण गरिएको छ । भिडिओलाई कलाकार मैथानेकै अफिसियल च्यानल मैथाने इन्टरटेनमेन्ट मार्फत युट्युवबाट रिलिज गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर