रोकिएन नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको आन्दोलन (भिडियो) – Nepal Press

रोकिएन नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको आन्दोलन (भिडियो)

काठमाडौं । सरकारले नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउन खोजेको भन्दै कर्मचारी ट्रेड युनियन ८ औँ दिन पनि आन्दोलनमा उत्रिएको छ ।

प्राधिकरणअन्तर्गतको कर्मचारी ट्रेड युनियनले सोमबार बबरमहलस्थित प्राधिकरणको मुख्य कार्यालयअगाडि प्राधिकरणलाई टुक्राउन नहुने मागसहित विरोध प्रदर्शन गरेको हो । युनियनका प्रवक्ता अनिल कुमार गुप्ताले निहित स्वार्थका लागि सरकारले प्राधिकरणलाई टुक्राउन लागेको टिप्पणी गरे ।

उनले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ नेपालका लागि घातक भएको दावी गरे । अहिले नियमनकारी संस्था आवश्यक नरहेको भन्दै उनले भने, ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ संघीय संसदको राष्ट्रिय सभाबाट पारित भइ प्रतिनिधिसभामा पेस भइसकेको छ, तर नेपालका लागि यो कुनै पनि तरिकाले राम्रो छैन, घातक छ, अहिलेको अवस्थामा प्यासेन्जर मुभमेण्ट र राइट मुभमेण्ट नभएको अवस्थामा र रेगुलेटिभ बडी आउनु घातक हो । यो विचौलियाको मातहतमा आएको छ, दुईजना प्रमुख हुन पाउने लोभमै प्राधिकरण टुक्राउनु एकदमै गलत हो ।”

कर्मचारी ट्रेड यूनियनले साउन २५ गतेदेखि कार्यालयअगाडि नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ को बिरोध गर्दै आन्दोलनरत छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *