अफगानिस्तानका नेपालीलाई उद्धार गर्न निर्देशन, भूपू गोर्खा सैनिकको अनसन फिर्ता लिन आग्रह (भिडियो) – Nepal Press
मन्त्रिपरिषद् बैठक

अफगानिस्तानका नेपालीलाई उद्धार गर्न निर्देशन, भूपू गोर्खा सैनिकको अनसन फिर्ता लिन आग्रह (भिडियो)

काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई छिटोभन्दा छिटो सकुशल उद्धार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति चासो लिँदै सो निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘अफगानिस्तानमा विकसित घटनाप्रति सरकारको गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपाली नागरिकहरूलाई सकुशल शीघ्र उद्धार गर्ने । त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायलाई समन्वयात्मकरूपमा कार्य अघि बढाउन निर्देशन दिने ।’

बैठकले बेलायतको लन्डनमा जारी भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूको आमरण अनसनलगायतका विरोधमा कार्यक्रम फिर्ता लिन पनि आह्वान गरेको छ ।

उनीहरूका माग कूटनीतिक पहलमार्फत् सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै आमरण अनसनसहितको विरोधको कार्यक्रम फिर्ता लिन आह्वान गरिएको मन्त्री कार्कीले बताए । उनका अनुसार माग पूरा गराउन कूटनीतिक पहल थालिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *