एमाले कर्णालीको बैठक बस्दै, पालिका अधिवेशन र सदस्यता नवीकरण एजेण्डा – Nepal Press

एमाले कर्णालीको बैठक बस्दै, पालिका अधिवेशन र सदस्यता नवीकरण एजेण्डा

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी एमाले कर्णाली प्रदेश कमिटी बैठक भदौ तीन गते बस्ने भएको छ । सर्वोच्च अदालतले नेकपालाई एमाले र माओवादी केन्द्रमा फर्काइदिएपछि एमालेको पहिलो बैठक बस्न लागेको हो ।

नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेलका अनुसार एमाले प्रदेश कमिटी बैठकका मुख्य एजेण्डा पालिकाका अधिवेशन तथा पार्टी सदस्यता नवीकरण हुनेछ ।

एमालेले असोज तीन गते वडा र नौ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको छ ।

कँडेलले बैठकमा १५० जना भन्दा बढी सदस्यको सहभागिता रहने जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर