सांग्रिला बैंकको नाफासँगै ईपीएसमा उल्लेख्य सुधार – Nepal Press

सांग्रिला बैंकको नाफासँगै ईपीएसमा उल्लेख्य सुधार

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७७/७८ चौथो त्रैमाससम्म खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११८.१८ प्रतिशतले बढेको जनाएको छ ।

गत आर्थिक वर्ष बैंकको मुनाफा बढेर वर्ष ४१ करोड ६९ लाख रुपैयाँ पुगेको हो । यसैगरी बैंकको सञ्चालन मुनाफा अघिल्लो वर्ष २६ करोड ७७ रहेकोमा गत वर्ष यस्तो मुनाफा बढेर ५६ करोड १ लाख पुगेको छ। कोभिड कहरमै पनि व्यवसाय वृद्धि भएका कारण खुद ब्याज आम्दानी समेत बढेकाले बैंकको मुनाफा बढेको बताइएको छ ।

अघिल्लो वर्षको चौथो त्रैमाससम्म १ अर्ब ५ करोड रूपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर यो वर्ष १ अर्ब १९ करोड ७९ लाख पुगेको हो । आइतबार प्रकाशित अपरिस्कृत वित्तीय विवरणअनुसार २ अर्ब ७३ करोड चुक्तापुँजी रहेको बैंकको वितरणयोग्य मुनाफा २८ करोड ८३ लाख रहेको बैंकले जनाएको छ ।

समीक्षा अवधिमा सांग्रिला बैंकले ४२ अर्ब ८४ करोड बढी निक्षेप संकलन गरी ३६ अर्ब २३ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा निक्षेप र कर्जातर्फ क्रमशः ४६.४८ र ५१.८४ प्रतिशतको बढोत्तरी भएको छ । बैंकले नाफामा उल्लेख्य प्रगति गरेसँगै प्रतिसेयर आम्दानी (ईपीएस) ७.३३ बाट बढेर १५.२३ रूपैयाँ पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात १.४० प्रतिशत, कस्ट अफ फण्ड ५.९६ प्रतिशत, आधार दर ८.५४ प्रतिशत रहेको छ । असार मसान्तको प्रतिसेयर नेटवर्थ १३५.८१ रुपैयाँ , पीई अनुपात २७.८३ गुणा र क्यापिटल एडेक्वेसी रेसियो ११.८६ प्रतिशत छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर